काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता (ईसीडी शिक्षक) लाई शिक्षकका रूपमा विद्यालय संरचनाभित्र ल्याउनुपर्ने सुझाव दिएको छ।
विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० मा सुझाव पेस गर्दै महासंघले बालविकास तहमा प्राथमिक तृतीय सरहको दरबन्दी सिर्जना गर्नुपर्ने र कार्यरतलाई स्थायी प्रक्रियामा लैजानुपर्ने सुझाव पनि दिएको छ।
त्यस्तै महासंघले आधारभूत शिक्षा प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्म हुनुपर्ने, आधारभूत तहको अनुमति स्थानीय तहले र माध्यमिक तहको स्थानीय तह र जिल्ला शिक्षा कार्यालयको सिफारिसमा प्रदेश निर्देशनालयले दिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउनुपर्ने सुझाव दिएको छ।
प्रकाशित: २० पुष २०८० ७:०८ | Friday, January 5, 2024
प्रतिक्रिया



