त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद

हिमाल प्रेस ३० मंसिर २०८० १६:२० | Saturday, December 16, 2023
त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद गरिएको छ।

अमेरिकाबाट शुक्रबार राति नेपाल ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो। चेकजाँचका क्रमम कार्टुनमा गाँजा भेटिएको हो।

कार्यालयले गाँजाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोलाई जिम्मा लगाएको छ।

प्रकाशित: ३० मंसिर २०८० १६:२० | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast