९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

हिमाल प्रेस १ कार्तिक २०८३ १६:४३ | Sunday, October 18, 2026
8
SHARES
९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी- इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।

उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए।

इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १ कार्तिक २०८३ १६:४३ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast