लागुऔषध गाँजासहित मकवानपुरबाट ४ पक्राउ

हिमाल प्रेस ८ मंसिर २०८३ ६:३५ | Tuesday, November 24, 2026
लागुऔषध गाँजासहित मकवानपुरबाट ४ पक्राउ फाइल तस्बिर

काठमाडौँ-  लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार ०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१३ का २१ वर्षीय जोसु तामाङ र हेटौंडा–१४ का २३ वर्षीय अमन तामाङलाई शंका लागेर खानतलासी गर्दा उनीहरूको साथबाट ९२० ग्राम गाँजाको धुलोजस्तो (पोलार) पदार्थ बरामद भएको थियो।

त्यस्तै, भीमफेदी गाउँपालिका–१ टौबास कोलनीबाट थप दुई जना पक्राउ परेका छन्। बागमती प्रदेश ०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा आएका धादिङको गजुरी गाउँपालिका–८ का २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बलको साथबाट ३ किलो २१० ग्राम गाँजा बरामद भएको डीएसपी काफ्लेले बताए।

उनका अनुसार दुवै स्थानबाट गरी प्रहरीले कुल ४ किलो १३० ग्राम प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ ६:३५ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast