उर्लाबारी आगलागी : मृत्यु हुनेको संख्या ५ पुग्यो

हिमाल प्रेस १२ मंसिर २०८० ९:५४ | Tuesday, November 28, 2023
उर्लाबारी आगलागी : मृत्यु हुनेको संख्या ५ पुग्यो

इटहरी- मोरङको उर्लाबारी नगरपालिका-७ मा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ।

आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।

धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी ७ मा बस्दै आएका मरिताको राति ११ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाले पुष्टि गरे। गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा आगो नियन्त्रणमा लिने क्रममा २८ जना घाइते भएका थिए।

जसमध्ये गम्भीर घाइते भएकामध्ये उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ।

स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०ः३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए।

प्रकाशित: १२ मंसिर २०८० ९:५४ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast