जाजरकोटबाट फर्किएर कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे ध्यानाकर्षणपत्र

हिमाल प्रेस २५ कार्तिक २०८० १५:२३ | Saturday, November 11, 2023
जाजरकोटबाट फर्किएर कांग्रेस महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केही दिन स्वयंसेवकका रूपमा काम गरेर फर्किएका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।

महामन्त्रीद्वयले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। कांग्रेसकाे निर्णयअनुसार दुई नेता गत साता सातबुँदे जिम्मेवारी लिएर जाजरकोट पुगेका थिए।

पार्टीकाे निर्देशनका आधारमा भूकम्प प्रभावित क्षेत्रको स्थलगत वस्तुस्थिति बुझेर फर्किएका महामन्त्रीद्वयले सरकारलाई सुझावसहितको ध्यानाकर्षण गराएको नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८० १५:२३ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast