भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपति

हिमाल प्रेस १३ मंसिर २०८३ ६:३३ | Sunday, November 29, 2026
4
SHARES
भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपति सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा भएका निर्णयहरू प्रस्तुत गर्दै नेका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे। तस्बिर:रासस

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित: १३ मंसिर २०८३ ६:३३ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast