काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्ड भने आजदेखि (मङ्सिर १३ गतेदेखि) अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक बन्द हुँदा दिउँसो चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।
प्रकाशित: १३ मंसिर २०८३ ६:३९ | Sunday, November 29, 2026
प्रतिक्रिया



