काठमाडौँ- काममा लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयको कात्तिक २० गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
विभिन्न सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा अनुगमन कार्यालयले यो निर्णय गरेको जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ९:३७ | Saturday, November 7, 2026
प्रतिक्रिया



