नारच्याङमा भीषण हावाहुरी, घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका आवासमा ठूलो क्षति

हिमाल प्रेस १० मंसिर २०८३ ६:३१ | Thursday, November 26, 2026
नारच्याङमा भीषण हावाहुरी, घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका आवासमा ठूलो क्षति

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ।

हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ। अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको छ।

यही मङ्सिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि सुरु भएको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँको क्षति पुर्‍याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिए।

नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएको अधिकृत आवास, जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ। हावाहुरीले भवनमा जडान गरिएका यन्त्र उपकरण, भुइँमा बिछ्याइएको सामग्री, फर्निचर र अन्य सामान क्षति हुनाका साथै उडाएर अन्यत्र पुर्‍याएको छ।

प्रकाशित: १० मंसिर २०८३ ६:३१ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast