आफ्नो नाममा फेक टिकटक एकाउन्ट खोलेकोमा राजेश हमालको आपत्ति

हिमाल प्रेस १० मंसिर २०८३ ६:५७ | Thursday, November 26, 2026
आफ्नो नाममा फेक टिकटक एकाउन्ट खोलेकोमा राजेश हमालको आपत्ति राजेश हमाल

काठमाडौँ- अभिनेता राजेश हमालले आफ्नो नाममा सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् ।

उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत हालसम्म आफ्नो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट नरहेको बताएका हुन् ।

‘आजको दिनसम्म मेरो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट छैन । मेरो फोनमा टिकटक एप पनि छैन । यो तलको अकाउन्टलगायत अरू जति पनि छन्, सबै नक्कली (फेक) अकाउन्ट हुन् । कृपया भ्रममा नपर्नुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

यस क्रममा हमालले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका केही नक्कली टिकटक अकाउन्टका स्क्रिनसटसमेत सार्वजनिक गरेका छन् । उनले ती अकाउन्टलाई आफ्नो आधिकारिक अकाउन्ट नसम्झिन आग्रह गरेका छन् ।

प्रकाशित: १० मंसिर २०८३ ६:५७ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast