कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई

हिमाल प्रेस ६ मंसिर २०८३ १३:५७ | Sunday, November 22, 2026
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पाएका छन्। प्रधानमन्त्रीसँगै दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बताएको छ। सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राजकीय भारत भ्रमणमा जाँदैछन् । उनले भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: ६ मंसिर २०८३ १३:५७ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast