श्रीलंकाका कप्तान असलंकाले एनपीएल खेल्ने

हिमाल प्रेस १ असोज २०८३ २१:११ | Thursday, September 17, 2026
श्रीलंकाका कप्तान असलंकाले एनपीएल खेल्ने

काठमाडौँ- श्रीलंकाको टी-२० क्रिकेट टोलीका कप्तान चरिथ असलंकाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलंकालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो।

२९ वर्षीय असलंकाले श्रीलंकाका लागि ७७ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन्। बलिङतर्फ उनले सात विकेट लिएका छन्।

फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन्।

असलंकाले हालसम्म १८५ टी-२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन्।

उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र इन्टरनेसनल लिग टी-२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन्।

अब असलंका एनपीएलमा पनि देखिने छन्। एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने तालिका छ।

प्रकाशित: १ असोज २०८३ २१:११ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast