सीधै पीडितलाई राहत दिन ओलीको आग्रह

हिमाल प्रेस १९ भदौ २०८३ १५:०१ | Friday, September 4, 2026
सीधै पीडितलाई राहत दिन ओलीको आग्रह फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहतमा हुनुपर्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पु¥याउनुपर्ने बताए।

राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियतअनुसार मात्र सरकारी कोषमा दाखिला गर्न सकिने उनले बताए।

उनले ’ग्रिन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति प्रश्न उठाए। गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनाहरूमा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनले बताए।

उनले नेपालले वातावरणीय विनाश नगरेको भए तापनि त्यसको मार र क्षति भोग्नुपरेकाले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताए।

प्रकाशित: १९ भदौ २०८३ १५:०१ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast