नवदीक्षित चिकित्सकलाई प्रधान सेनापतिद्वारा प्रमाणपत्र

हिमाल प्रेस ८ असोज २०८३ २०:२२ | Thursday, September 24, 2026
10
SHARES
नवदीक्षित चिकित्सकलाई प्रधान सेनापतिद्वारा प्रमाणपत्र

काठमाडौँ- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६र७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण भएपश्चात् इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका नवदीक्षित ८५ जना चिकित्सकलाई प्रधान सेनापति अशोकराज सिग्देलले प्रमाणपत्र प्रदान गरेका छन्।

प्रधान सेनापतिले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सदाझैँ मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित भई कार्य गर्न सुझाव दिँदै दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा संस्थानका कार्यकारी निर्देशक डा. भैरवकुमार हमालसहित रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा परिवारजनको पनि उपस्थिति थियो।

नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ २०६८ सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म ९४४ जना चिकित्सकहरू दीक्षित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast