सन्दीप लामिछाने बने एकदिवसीय टिमको कप्तान

हिमाल प्रेस २५ साउन २०८३ २०:१९ | Monday, August 10, 2026
10
SHARES
सन्दीप लामिछाने बने एकदिवसीय टिमको कप्तान

काठमाडौँ- सन्दीप लामिछानेको नेतृत्वमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा भएको छ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म हुने प्रतियोगिताका लागि सन्दीपनेको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

क्यानले रोहित पौडेललाई हटाएर सन्दीपलाई टिमको कप्तान बनाएको हो।

राष्ट्रिय टोलीमा कप्तानका रुपमा सन्दीप दोस्रोपटक चुनिएका हुन्। यसअघि डिसेम्बर २०२१ मा उनी पहिलोपटक टिमको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए। तर, एक वर्ष नबित्दै उनलाई जिम्मेवारीबाट हटाइएको थियो।

बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सेप्टेम्बर २०२२ मा क्यानले उनलाई जिम्मेवारीबाट हटाएको थियो।

सन्दीपको नेतृत्वमा घोषणा गरिएको एसीसी प्रिमियर कपको टोलीमा आसिफ सेख। अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बासिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी रहेका छन्।

नेपालसँगै साउदी अरेबिया, बहराइन, मलेसिया र हङकङ ग्रुप ‘बी’ मा रहेका छन्। त्यस्तै ग्रुप ‘ए’ मा सिंगापुर, कुवेत, कतार, ओमान र यूएई रहेका छन्।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले प्रिमियर कपको संरचनामा केही परिवर्तन गरेको छ। यसपालि प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले अर्को वर्ष बंगलादेशमा हुने एकदिवसीय एसिया कपमा सोझै स्थान बनाउनेछ।

एसिया कपको अघिल्लो संस्करण टी–२० फम्र्याटमा भएको थियो। त्यतिबेला प्रिमियर कपको च्याम्पियन टोलीमात्र एसिया कपमा स्थान बनाउने नियम थियो। नेपाल त्यतिबेला तेस्रो स्थानको प्लेअफमा हङकङसँग पराजित भएको थियो।

प्रिमियर कप २०२३ नेपालमा आयोजना भएको थियो। त्योबेला रोहित पौडेलको नेतृत्वमा रहेको नेपाल च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाउन सफल भएको थियो।

प्रकाशित: २५ साउन २०८३ २०:१९ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast