पोखरा एभेन्जर्सविरुद्ध सन्दीपको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

हिमाल प्रेस २६ कार्तिक २०८३ १४:०३ | Thursday, November 12, 2026
4
SHARES
पोखरा एभेन्जर्सविरुद्ध सन्दीपको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

काठमाडौँ- विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले यस्तो प्रदर्शन गरेका हुन्।

सन्दीप यस सिजन एनपीएलमा एउटै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन्। यसअघि खेलेका पाँच खेलमा उनले जम्मा एक विकेट लिएका थिए। आफ्नो छैटौँ खेलमा भने उनले विपक्षी टोलीको ब्याटिङ लाइनअप ध्वस्त पार्दै ६ विकेट हात पारे।

उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। यससँगै सन्दीप एनपीएल इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन्।

यसअघि विराटनगर किंग्सकै प्रतिश जिसी, काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एनपीएलमा ह्याट्रिक विकेट लिइसकेका छन्।

सन्दीपले आफ्नो स्पेलमा तीन ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिएपछि पोखरा एभेन्जर्सको मध्यक्रम पूर्ण रूपमा धराशायी बनेको छ।

यसअघि एनपीएलमा शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिने उपलब्धि हासिल गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०८३ १४:०३ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast