राजी राणाद्वारा एक करोड ९ लाख सहयोग

हिमाल प्रेस १२ भदौ २०८३ १८:२४ | Friday, August 28, 2026
राजी राणाद्वारा एक करोड ९ लाख सहयोग

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख आर्थिक सहयोग गरेकी छन्।

यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे।

यस क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे।

राणाले थप २५ लाख मूल्य बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिएकी छन्।

प्रकाशित: १२ भदौ २०८३ १८:२४ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast