नावालिका हत्याका दोषीलाई कडा कारबाही गर्न कुलमान घिसिङको माग

हिमाल प्रेस ६ भदौ २०८३ १३:५५ | Saturday, August 22, 2026
नावालिका हत्याका दोषीलाई कडा कारबाही गर्न कुलमान घिसिङको माग

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन्। पूर्वमन्त्री घिसिङले आज विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन्।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको यही भदौ २ गते शव सोही स्थानको एक घरमा भेटिएको थियो। प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या भएको हो।

उज्यालो नेपालले बालिकामाथि भएको जघन्य अपराधले समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै पीडितलाई न्याय दिन माग गरेको छ।

प्रकाशित: ६ भदौ २०८३ १३:५५ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast