प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित हुनुपर्छ : कार्की

हिमाल प्रेस ५ मंसिर २०८३ १७:०९ | Saturday, November 21, 2026
10
SHARES
प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित हुनुपर्छ : कार्की

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री वालेन शाहको आसन्न भारत भ्रमणलाई ऊर्जा व्यापार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने बर्ताका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कार्कीले ऊर्जा देशलाई माथि लैजाने सबैभन्दा ठूलो र महत्वपूर्ण एजेन्डा भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

पञ्चेश्वर र कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजना दशकौँदेखि चर्चामा रहे पनि कार्यान्वयन हुन नसकेको भन्दै अब यस्ता आयोजना थप लम्ब्याउन नहुने उनले बताए।

उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन सरकारले गरेका नीतिगत व्यवस्थालाई महत्वपूर्ण उपलब्धिका भएको भन्दै उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उल्लेख गरे।

उनले नेपालले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने समझदारी गरिसकेको उल्लेख गर्दै दीर्घकालीन विद्युत् व्यापारका लागि थप पहल गर्नुपर्ने धारणा राखे।

कार्कीले बंगलादेश नेपालको विद्युत् खरिद गर्न इच्छुक रहे पनि भारत हुँदै विद्युत् लैजानुपर्ने भएकाले भारतसँग थप सहमति र सहजीकरण आवश्यक रहेकोे बताए। नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहेकाले त्यसलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०८३ १७:०९ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast