मोरङ ३ मा रास्वपाबाट गणेश कार्कीले पाए टिकट

हिमाल प्रेस ४ माघ २०८२ २०:५२ | Sunday, January 18, 2026
38
SHARES
मोरङ ३ मा रास्वपाबाट गणेश कार्कीले पाए टिकट

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नं. ३ मा गणेश कार्कीलाई उम्मेदवार बनाउने भएको छ। फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा कार्कीलाई उम्मेदवार बनाउने गरी टिकट दिएको हो।

यो क्षेत्र नेपाली कांग्रेसको गढ मानिन्छ। अझ यहाँ कांग्रेस नेता सुनिलकुमार शर्मा लोकप्रिय छन्।

यसअघि २०७९ को निर्वाचनमा शर्माले ४८ हजार ६३१ मत पाएका थिए। त्यस्तै नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ र राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाएका थिए।

यता रास्वपाबाट उठेका विकास उप्रेतीले ३ हजार १७२ मात्रै ल्याएका थिए।

प्रकाशित: ४ माघ २०८२ २०:५२ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast