‘भारतसँग निजी क्षेत्रका समस्या प्राथमिकताका साथ उठाइयोस्’

हिमाल प्रेस ५ मंसिर २०८३ १६:४५ | Saturday, November 21, 2026
10
SHARES
‘भारतसँग निजी क्षेत्रका समस्या प्राथमिकताका साथ उठाइयोस्’

काठमाडौँ- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले भारतसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन प्रधानमन्त्रीले निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री वालेन शाहको आसन्न भारत भ्रमणमा नेपाल-भारत व्यापार विस्तार, पारवहन सुविधा, निर्यात प्रवद्र्धन तथा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

उनले नेपालको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत भारतसँग रहेकाले व्यापार घाटा न्यूनीकरण गर्न भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गर्नुपर्ने बताए। उनले हाल ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै निर्यात गर्न सकिने व्यवस्थालाई घटाएर २० प्रतिशतमा झार्न सके निर्यात बढ्ने धारणा राखे।

कृषिजन्य वस्तुको निर्यात प्रवद्र्धनका लागि दुई देशबीच सहज व्यापार पहुँच, सीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका क्वारेन्टाइन प्रयोगशाला स्थापना तथा एकीकृत जाँच चौकी निर्माणलाई तीव्रता दिनुपर्नेमा पनि उनले जोड दिए।

अग्रवालले नेपाल–भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै भारतीय बजारमा नेपालीले क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरे।

प्रकाशित: ५ मंसिर २०८३ १६:४५ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast