हार मानेको छैन : कुलमान घिसिङ

हिमाल प्रेस ३० जेठ २०८३ १६:३२ | Saturday, June 13, 2026
18
SHARES
हार मानेको छैन : कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए।

उनले पछिल्लो निर्वाचन आफूहरुका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे।

जनताको विश्वास र माया आफूहरु नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए।

उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: ३० जेठ २०८३ १६:३२ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast