इरान धारासायी भएको छ : ट्रम्प

हिमाल प्रेस ८ भदौ २०८३ २१:३३ | Monday, August 24, 2026
इरान धारासायी भएको छ : ट्रम्प अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धरासायी’ भइरहेको बताएका छन्।

वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ।

लगभग ६ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन्। शान्ति वार्ता ठप्प छ, इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ भने वाशिङ्टनले इरानविरूद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ।

घरेलु राजनीतिमा युद्धका आर्थिक असरबारे दबाब खेपिरहेका ट्रम्पले सैन्य कारबाहीबाट आर्थिक उपायतर्फ मोडिएका छन्।

‘इरान पूर्ण रूपमा धरासायी भएको छ,’ राष्ट्रपति ट्रम्पले सोमबार निजी लगानीको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्।

उनका टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फाइनान्सियल टाइम्सका लागि लेखेको स्तम्भमा तेहरानविरुद्ध ‘आर्थिक संकट’ सुरु भएको घोषणा गरेको केही घण्टापछि आएको हो।

उनले इस्लामिक गणतन्त्रलाई सहयोग जारी राख्ने कुनै पनि देश ‘विश्वव्यापी बहिष्कृत’ बन्ने चेतावनी दिएका थिए।

बेसेन्टले एक्समा दाबी गरे, ‘अमेरिकाले ‘इरानको सैन्य क्षमता ध्वस्त पारेको छ, करिब शतप्रतिशत सैन्य कारखाना नष्ट गरेको छ र यसको परमाणु कार्यक्रम विफल पारिसकेको छ।’

इरानले चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिँदै भनेको थियो, ‘अमेरिकी पछिल्ला उपायहरू सैन्य हार स्वीकार गरेको प्रमाण हो।’ तेहरानले वाशिङ्टनलाई सहयोग नगर्न देशहरूलाई चेतावनीसमेत दिएको छ।

उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले एक्समा पोस्ट गर्दै भने, ‘वित्तीय युद्धतर्फ अमेरिकी मोडले बेसेन्टका दाबी झूटा साबित गर्छ।’

बेसेन्टले सोमबार अमेरिकी योजनाका विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो तर वाशिङ्टनले तेहरानमाथि अझ कति आर्थिक दबाब दिन सक्छ भन्ने स्पष्ट छैन।

अमेरिकी नौसैनिक नाकाबन्दीका कारण हर्मुज जलमार्गसम्म इरानको तेल निर्यात युद्धअघिको दैनिक २० लाख ब्यारेलबाट अगस्टको मध्यसम्म घटेर मात्र चार लाख ब्यारेलमा झरेको समुद्री आवागमन निरिक्षण गर्ने संस्था केप्लरले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८३ २१:३३ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast