विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २४ असोज २०८३ १८:३१ | Saturday, October 10, 2026
प्रतिक्रिया



