कोशी प्रदेशसभामा प्रतिपक्षी सांसदद्वारा रोस्टम घेराउ, माइक खोस्ने प्रयास

हिमाल प्रेस १३ जेठ २०८३ १५:३० | Wednesday, May 27, 2026
18
SHARES
कोशी प्रदेशसभामा प्रतिपक्षी सांसदद्वारा रोस्टम घेराउ, माइक खोस्ने प्रयास

काठमाडौँ- संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरुले कोशी प्रदेशसभामा विरोध जनाएका छन्। बुधबार बसेको कोशी प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम पारित गरेको भन्दै विरोध जनाएका हुन्।

विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसुचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पछि प्रतिपक्षी सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। यस क्रममा केही सांसदहरुले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकले रोकेका थिए।

सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताए। उनले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका असहमति रहेको विषयलाई उल्लेख गरिएको जानकारी दिए।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरे। कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सोमबार पारित भएको थियो।

प्रकाशित: १३ जेठ २०८३ १५:३० | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast