‘मंसिरमा हुने महाधिवेशनले पार्टीलाई एकजटु बनाउँछ’

हिमाल प्रेस २४ असोज २०८३ १६:४७ | Saturday, October 10, 2026
10
SHARES
‘मंसिरमा हुने महाधिवेशनले पार्टीलाई एकजटु बनाउँछ’

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले आफूहरुले तय गरेको महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा कांग्रेसइतर समूहको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै संयोजक कोइरालाले आगामी मंसिरमा तय भएको महधिवेशन अत्यन्त महत्वपूर्ण रहेको र यसले पार्टीलाई एकजुट बनाउने र आगामी चुनावमा एकताबद्ध भएर उभिन बल पुर्‍याउने दाबी गरे।

उनले कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेकाले सबै शक्ति मिले पनि हराउन र कमजोर पार्न नसक्ने धारणा राखे। उनले कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र गर्न पनि नदिने बताए। राजनीति समयसँगै परिवर्तन हुँदै गए पनि विचार र स्पष्टता सधैँ कायम रहनुपर्ने भन्दै उनले आफ्नो सही बाटो कहिल्यै नछोड्न कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएकाले १५ औँ महाधिवेशन आयोजना गर्न लागिएको बताए। उनले हालका सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर घोषणा गर्दैमा मान्य नहुने उल्लेख गरे। नेता सिंहले पदको आकांक्षी धेरै देखिएको अवस्थामा पार्टीमा योगदान दिएकालाई चयन गर्न सुझाव दिए।

त्यस्तै नेता मोहन बस्नेतले देशभरका नेता तथा कार्यकर्ताहरु पार्टीको क्रियाशीलता र वृद्धिका लागि लड्न तयार रहेको तर कारबाहीको डर र धम्कीले गर्दा अर्को पक्षमा गएको बताए। उनले केही दिनपछि कांग्रेसका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने दाबीसमेत गरे।

उनले कांग्रेसलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध कार्यकर्ताहरु सचेत र एकजुट हुन आग्रह गरे।

प्रकाशित: २४ असोज २०८३ १६:४७ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast