कांग्रेसइतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

हिमाल प्रेस २२ साउन २०८३ १५:३७ | Friday, August 7, 2026
10
SHARES
कांग्रेसइतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्।

संस्थापनइतर समूहले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएको हो।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले निवर्तमान सभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने जानकारी दिए।

कांग्रेस संस्थापनइतर समूहले साउन २९–३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। उपचारका लागि हङकङ गएका निवर्तमान सभापति देउवाको साउन २६ गते काठमाडौँ आउने तयारी छ।

देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धडपकड भए त्यसको विरोध गर्ने संस्थापनइतरले जनाएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक कोइरालाले स्वदेश फर्किँदा देउवामाथि धडपकड भए त्यसको विरोध हुने बताए।

भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागीसहितको भावी कार्यदिशा तय गर्ने उनले बताए।

भेलामार्फत राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने उनले बताए।

कोइरालाले कांग्रेस केन्द्रीय समितिको आधिकारिकता सम्बन्धी मुद्दामा पुनरावलोकनको अनुमति प्रदान भएकाले सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको धारणा राखे।

प्रकाशित: २२ साउन २०८३ १५:३७ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast