जनकपुरधाम- प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको छ।
प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाको विवरण संकलन थालेका हुन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेशका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ।
उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन्।
प्रकाशित: १२ भदौ २०८३ ८:०० | Friday, August 28, 2026
प्रतिक्रिया


