सुनसरीका १५ जना सम्पर्कविहीन

हिमाल प्रेस १२ भदौ २०८३ ६:४५ | Friday, August 28, 2026
सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी- रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन्।

रामधुनी नगरपालिका-५ का नवराज ढकाल, सोही पालिकाका देवानगन्ज गाउँपालिका-७ का देवनन्दन यादव, रामधुनी नगरपालिका-८ का जीवन सिंह र रामधुनी नगरपालिका-५ का सञ्जित नारायण रहेका छन्।

दुहबी नगरपालिका-४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका-३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका-३ का श्यामनारायण साह, कोशी गाउँपालिका-९ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका-११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी उपमहानगरपालिका-१९ का प्रभाकर दंगाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका-५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका-३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका-७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका-२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका-४ का मोहन माझीसँग अझैसम्म सम्पर्क भएको छैन।

प्रकाशित: १२ भदौ २०८३ ६:४५ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast