काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ। पुर्जी बुढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ ।
विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ । देउवा नेपाल आउने निश्चित छैन। यसअघि नै नेपाल आउने सूचना दिए पनि आउने मिति तोकिएको छैन।
प्रकाशित: २३ असार २०८३ ८:३६ | Tuesday, July 7, 2026
प्रतिक्रिया




