अस्ट्रेलियन क्रिकेटर म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

हिमाल प्रेस १७ कार्तिक २०८३ ७:५० | Tuesday, November 3, 2026
8
SHARES
अस्ट्रेलियन क्रिकेटर म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

अस्ट्रेलियाका महान् तथा विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। ३८ वर्षीय अनुभवी खेलाडी म्याक्सवेलले सोमबार आफ्नो १४ लामो अन्तर्राष्ट्रिय करियरमा आधिकारिक रूपमा पूर्णविराम लगाएका हुन्।

लोकप्रिय पोडकास्ट ‘द फाइनल वर्ड’मा कुरा गर्दै उनले आफ्नो संन्यासको निर्णयबारे पुष्टि गरे। उनले सन् २०२६ को टी-२० विश्वकपपछि नै टिम व्यवस्थापनसँग आफ्नो भविष्यलाई लिएर छलफल भइरहेको बताए। आफ्नो संन्यासको घोषणा गर्दै म्याक्सवेलले भने, ‘मलाई मेरो देशका लागि खेल्ने अवसर मिलेको यो समयप्रति अत्यन्तै आभारी छु।’

म्याक्सवेलले यसअघि नै जुन २०२५ मा एकदिवसीय क्रिकेटबाट संन्यास लिइसकेका थिए, जसपश्चात उनी अस्ट्रेलियाका लागि केवल टी-२० फर्म्याटमा मात्र खेल्दै आएका थिए। यसै वर्षको शुरूमा भएको टी-२० विश्वकपका दौरान ओमानविरुद्ध खेलिएको खेल नै उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल साबित भयो, जसमा उनले बलिङतर्फ दुई विकेट लिएका थिए।

अस्ट्रेलियाका लागि खेलको हरेक फर्म्याटमा आफ्नो अमिट छाप छाड्न सफल म्याक्सवेलले आफ्नो १५ वर्षको करियरमा कुल ७ वटा टेस्ट, १४९ वटा एकदिवसीय र १३० वटा टी-२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्।

उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा कुल १० वटा शतक प्रहार गर्नुका साथै १३६ वटा विकेट पनि हात पार्न सफल भए। आफ्नो आक्रामक ब्याटिङ शैली, उत्कृष्ट स्पिन बलिङ र मैदानमा चम्किलो फिल्डिङका कारण उनी विश्वभरका क्रिकेटप्रेमीहरूका माझ ‘द बिग शो’का रूपमा परिचित थिए।

खेलका तीनै वटा फर्म्याटमा अविश्वसनीय पारि खेल्ने क्षमता भएका म्याक्सवेलको सन्याससँगै अस्ट्रेलियन क्रिकेटमा एक युगको अन्त्य भएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ७:५० | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast