बिल लिए दैनिक लखपति बन्ने अवसर, सरकारले ल्यायो नयाँ योजना

हिमाल प्रेस १५ साउन २०८३ ६:१७ | Friday, July 31, 2026
8
SHARES
बिल लिए दैनिक लखपति बन्ने अवसर, सरकारले ल्यायो नयाँ योजना

काठमाडौँ- सरकारले कर तिर्ने संस्कृतिको विकास गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम-२०८३’ लागू गरेको छ।

कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको खरिदमा बिल लिने उपभोक्तामध्ये दैनिक एक जनाले एक लाख ३३ हजार ३३३ रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्नेछन्।

आन्तरिक राजस्व विभागले कार्यक्रम सञ्चालन गर्नेछ। खरिद गर्दा सक्कली बिल लिनुपर्ने र भ्याट वा प्यानमा आबद्ध कारोबार मात्रै कार्यक्रममा सहभागी हुने उल्लेख गरिएको छ।

प्रकाशित: १५ साउन २०८३ ६:१७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast