बंगलादेशमा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बरमा

हिमाल प्रेस १० साउन २०८३ २१:०० | Sunday, July 26, 2026
4
SHARES
बंगलादेशमा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बरमा

काठमाडौँ- बंगलादेशले आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ। सेप्टेम्बर महिनामा आह्वान हुने संसद्को तेस्रो अधिवेशनमार्फत बंगलादेशले नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको हो।

राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र संसद्बाट नयाँ राष्ट्रपति निर्वाचित गर्नुपर्ने बंगलादेशमा संवैधानिक व्यवस्था छ।

कानुनमन्त्री मोहम्मद असादुज्जामानले ढाकामा आयोजित एक पत्रकार सम्मेलनमा आगामी सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए।

उनले भने,‘संसदको दोस्रो अधिवेश नगत जुलाई १५ मा सम्पन्न भएको थियो। संवैधानिक व्यवस्थाअनुसार आगामी सेप्टेम्बर १४ भित्रै तेस्रो अधिवेशन बोलाइसक्नुपर्छ र सोही अधिवेशनबाट नयाँ राष्ट्रपतिको चयन हुनेछ।’

तत्कालीन राष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। उनले सभामुखलाई राजीनामापत्र बुझाएका थिए। शहाबुद्दिन पूर्वप्रधानमन्त्री सेख हसिना निकट मानिन्छन्। कार्यकाल बाँकी छँदै उनले पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपतिको राजीनमा स्वीकृत भएसँगै संविधानको व्यवस्थाबमोमिज सभामुख हाफिज उद्दिन अहमदले राष्ट्रपतिको कार्यवाहक जिम्मेवारी सम्हाल्न थालेको सचिवालयले पुष्टि गरेको छ।

बंगलादेशको संवैधानिक व्यवस्थाअनुसार संसद्का सदस्यहरू नै राष्ट्रपति निर्वाचनका मतदाता हुन्छन्। वर्तमान संसदमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीको बहुमत रहेको छ। यो पार्टीले उठाउने उम्मेदवार नै नयाँ राष्ट्रपति निर्वाचित हुने लगभग निश्चित रहेको छ।

प्रकाशित: १० साउन २०८३ २१:०० | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast