‘यो हामीले बनाएको बंगलादेश होइन’

हिमाल प्रेस २० साउन २०८३ २०:१७ | Wednesday, August 5, 2026
20
SHARES
‘यो हामीले बनाएको बंगलादेश होइन’

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले विगत दुई वर्षदेखि आफ्नो देशले ठूलो दुःख भोगिरहेको बताएकी छन्।

नयाँदिल्लीबाट सञ्चारमाध्यमसँग भर्चुअल कुराकानी गर्दै उनले वर्तमान स्थितिप्रति चिन्ता व्यक्त गरिन्।

उनले भनिन्,‘यो त्यो बंगलादेश होइन जुन हामीले बनाएका थियौँ। १९७१ मा ३० लाख मानिसहरूले बलिदान दिएको देशको रूप आज यस्तो थिएन।’

गत जुलाई–अगस्त २०२४ मा भएको आन्दोलनलाई सम्झिँदै उनले त्यो प्रदर्शन शान्तिपूर्ण नरहेको दाबी गरिन्।

उनका अनुसार उनको सरकारले सुरुवातदेखि नै वार्ता, कानुनी प्रक्रिया र धैर्यताका माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरेको थियो।

सुधारको मागको नाममा केही संगठित समूह सक्रिय रहेको र उनीहरूले विद्यार्थीहरूको मागलाई हिंसात्मक राजनीतिक हतियार बनाएर उनले आरोप लगाइन्।

देश छोड्नुपरेको परिस्थितिप्रति दुःख व्यक्त गर्दै हसिनाले भनिन्,‘म आफ्नो सिंगो जीवन बंगलादेशका जनतासँग बिताउने व्यक्ति हुँ। मलाई देश छाड्न बाध्य पारिए पनि म आफ्ना जनताबाट कहिल्यै अलग भएकी छैन।’

प्रकाशित: २० साउन २०८३ २०:१७ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast