विद्यालय शिक्षा ऐन ल्याउने शिक्षामन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १४ साउन २०८३ १०:२८ | Thursday, July 30, 2026
60
SHARES
विद्यालय शिक्षा ऐन ल्याउने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालय शिक्षाका समसामयिक विषयमा अन्तरक्रिया गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोतसाधन व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो।

अन्तरक्रियाका क्रममा प्रधानाध्यापकले विद्यालय तहका वास्तविक समस्या, विद्यालय शिक्षा ऐन कार्यान्वयनका चुनौती, सुधारका लागि आवश्यक सुझाव तथा नीतिगत व्यवस्थाबारे आफ्ना धारणा राखेका थिए।

छलफलपछि मन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्ने बताए।

उनले विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन र सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल अघि बढाइने उल्लेख गरे।

उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने तथा समग्र शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि नीतिगत समाधान खोज्दै मन्त्रालयले काम अघि बढाइरहेको बताए।

प्रकाशित: १४ साउन २०८३ १०:२८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast