ट्रम्पले इटलीकी प्रधानमन्त्री मेलोनीबारे फेरि के भने?

हिमाल प्रेस ६ असार २०८३ २०:०२ | Saturday, June 20, 2026
12
SHARES
ट्रम्पले इटलीकी प्रधानमन्त्री मेलोनीबारे फेरि के भने?

काठमाडौँ- इटलीकी प्रधानमन्त्री जौर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई खन्डन गरिदिएपछि ट्रम्पले एक पटक फेरि मेलोनीबारे टिप्पणी गरेका छन्।

उनले शनिबार ‘ट्रुथ सोशल’ मा एउटा पोस्ट गर्दै फ्रान्समा जी–७ बैठकका क्रममा मेलोनीले आफूसँग तस्बिर खिचाउन पटकपटक आग्रह गरेको फेरि दोहोर्‍याएका छन्। ट्रम्पले लेखेका छन्,‘इटलीकी प्रधानमन्त्री जौर्जिया मेलोनीले फ्रान्समा जी–७ बैठकका क्रममा मसँग तस्बिर खिचाउन पटकपटक आग्रह गरेकी थिइन्।’

यसबाहेक उनले इटलीमा मेलोनीको लोकप्रियता, नेटो र इरानसँगको युद्धका क्रममा इटलीको अडानलाई लिएर पनि टिप्पणी गरेका छन्।

‘इटलीमा उनको (मेलोनीको) लोकप्रियताको स्तर धेरै राम्रो छैन र सम्भवतः यसको कारण यो हुन सक्छ कि जब इरानलाई आणविक हतियार प्राप्त गर्न वा विकास गर्नबाट रोक्ने कुरा आयो, तब उनले अमेरिकालाई साथ दिइनन्,’ ट्रम्पले भनेका छन्।

यद्यपि उनले इरानको मामिलामा नेटोले पनि इटलीजस्तै अडान लिएको उल्लेख गरको छन्। अमेरिकाले इटलीलाई माया र रक्षा गर्ने गर्ने उनको भनाइ छ।

ट्रम्पले भने,‘उनले (मेलोनीले) हामीलाई इटलीको रनवे प्रयोग गर्न समेत अनुमति दिइनन्, जसका कारण बन्दोबस्तीका सामग्री पुर्‍याउने ठूलो असुविधा भयो। अमेरिकाले इटली र नेटोका अन्य सहयोगी देशहरुका लागि हरेक वर्ष सयौँ अर्ब डलर खर्च गरिरहेको बेला यस्तो भएको हो।’

अमेरिकाले इरानलाई सैन्य रुपमा पराजित गरिसकेकोले मेलोनी फेरि मित्रता बढाउन चाहेको उनले जिकिर गरेका छन्।

‘अहिले जब अमेरिकाले इरानलाई सैन्य रुपमा पराजित गरिसकेको छ, उनी फेरि मित्रता बढाउन चाहन्छिन्, जसले गर्दा उनको लोकप्रियाता राम्रो हुन सकोस्, ’ ट्रम्पले भनेका छन्।

जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इटलीको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मेलोनीले आफूसँग फोटो खिचाउन ‘अनुनय–विनय’ गरेको दाबी गरेका थिए।

त्यसपछि मेलोनीले भिडियो सन्देश जारी गर्दै ट्रम्पको दाबीलाई ‘मनगढन्ते’ बताएकी थिइन्। उनले ‘न त आफूले कहिल्यै अनुनय–विनय गर्ने गरेको, न त इटलीले नै त्यसो गर्ने’ स्पष्ट पारेकी थिइन्।

ट्रम्पको यो भनाइपछि अमेरिका र इटलीको सम्बन्धमा समेत तिक्तता उत्पन्न भएकोे छ। इटलीका विदेशमन्त्रीले तय भएको आफ्नो अमेरिकाको भ्रमण ट्रम्को यो भनाइपछि रद्द गरेका छन्।

अमेरिका–इटलीबीच तिक्तता, मेलोनीबारे के भनेका थिए ट्रम्पले?

प्रकाशित: ६ असार २०८३ २०:०२ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast