अमेरिका–इटलीबीच तिक्तता, मेलोनीबारे के भनेका थिए ट्रम्पले?

हिमाल प्रेस ५ असार २०८३ २१:३३ | Friday, June 19, 2026
18
SHARES
अमेरिका–इटलीबीच तिक्तता, मेलोनीबारे के भनेका थिए ट्रम्पले?

काठमाडौँ- यसै साता जी–७ मा सहभागी हुन फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा विवादित बयानले इटली र अमेरिकाबीच तिक्तता उत्पन्न गरिदिएको छ।

इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले शुक्रबार ट्रम्पले आफ्नो बारेमा मनगढन्ते कुरा गरेको बताएकी छन्।

राष्ट्रपति ट्रम्पले इटलीको एउटा टीभी च्यानलसँग जी–७ शिखर सम्मेलनमा मेलोनीले आफूसँग तस्बिर खिचाउन ‘गुहार’ लगाएको बताएपछि विवाद सुरू भएको हो।

ट्रम्पको यो अभिव्यक्तिका कारण इटलीका विदेशमन्त्री एन्टोनियो तायानीले यसै साताको अन्त्यमा हुने भनिएको आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। एन्टोनियोले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रधानमन्त्री मेलोनीका बारेमा ‘अपमानजनक’ टिप्पणी गरेको आरोप लगाए।

उनले यो टिप्पणीलाई ‘गम्भीर र अपमानजनक’ भनेका छन्।

मेलोनीले एउटा भिडियो सन्देश जारी गर्दै ट्रम्पको बयानबाट आफू ‘आश्चर्यचकित’ भएको र यी टिप्पणीहरु ‘पूर्ण रुपमा मनगढन्ते’ भएको बताएकी छन्।

फ्रान्समा भएको जी–७ शिखर सम्मेलनमा दुवै नेताबीच निकै हार्दिकता देखिएको थियो।

ट्रम्पले के भनेका थिए?

फ्रान्समा भएको जी–७ सम्मेलनको भिडियोमा मेलोनी र ट्रम्प एउटा सानो सोफामा सँगै बसेर गम्भीर कुराकानी गरिरहेको देखिएका थिए।

उनले टिभी च्यानलसँग भनेका थिए,‘उनी (मेलोनी) सायद खुसी छिन् कि मैले उनीसँग कुरा गरेँ। मलाई उनीसँग कुरा गर्न कुनै आवश्यकता थिएन।’ ट्रम्पले इटलीका प्रधानमन्त्रीबारे प्रश्न सोध्न पत्रकारहरुसँग आफैँ भनेका बेला यस्तो बताएका थिए।

टेलिभिजनको अनुवादबमोमिज ट्रम्पले भने,‘उनले मलाई तस्बिर खिच्नका लागि अनुरोध गरेकी थिइन्। उनी मसँग तस्बिर चाहन्थिन। म तस्बिर खिचाउँदिन, तर मलाई उनीप्रति दया आयो।’
इटलीकी प्रधानमन्त्री मेलोनीले राष्ट्रपति ट्रम्पको बयान पूर्ण रुपले मनगढन्ते रहेको बताएकी छन्।

‘डोनाल्ड ट्रम्पका बयानहरु पूर्ण रुपमा मनगढन्ते छन्। साँचो भन्नुपर्दा म अचम्मा परेकी छु, जे होस् यो पहिलोपटक भने होइन,’ उनले भनेकी छन्,‘एउटा कुरा उनल याद राख्नुपर्छ– न त म, न इटली कहिल्यै कसैसँग अनुरोध गर्छ।’

प्रकाशित: ५ असार २०८३ २१:३३ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast