सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द गरेर अगाडि बढ्छौँ : नेपाल

हिमाल प्रेस ६ असार २०८३ १७:३८ | Saturday, June 20, 2026
20
SHARES
सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द गरेर अगाडि बढ्छौँ : नेपाल

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्नका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन्।

शनिबार काठमाडौँमा पार्टीको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका हुन्।

जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रष्ट सोचका साथ नेकपा अघि बढ्ने उनले बताए। नेपालले सरकारको काम क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको धारणा राखे।

चुनावबाट निकै ठुलो शक्ति हासिल गरेको दलको सरकार दम र अहंकारबाट प्रेरित भएको उनको भनाइ छ।

उनले ठूलो शक्ति हासिल गरेको सरकारको आलोचना गर्दा अलिबढी असहिष्णु भयो कि भन्ने आरोप लाग्ने भएकाले सरकारको सय दिन पर्खेर बसेको धारणा राखे।

प्रकाशित: ६ असार २०८३ १७:३८ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast