केपी ओलीको प्रशंसा गर्दै महेश बस्नेतले भने- १४ वर्षको जेल जीवनले विचार झुकाएन

हिमाल प्रेस १३ असार २०८३ १२:३६ | Saturday, June 27, 2026
14
SHARES
केपी ओलीको प्रशंसा गर्दै महेश बस्नेतले भने- १४ वर्षको जेल जीवनले विचार झुकाएन

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक संघर्ष र नेतृत्वको प्रशंसा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत बस्नेतले १४ वर्षको जेल जीवनले ओलीको विचारलाई कमजोर नबनाइ अझ दृढ बनाएको उल्लेख गरेका हुन्।

उनले वि.सं. २०४४ असार ११ गते जेलमुक्त भएपछि ओली पुनः राजनीतिक संघर्षमा फर्किएको र देश तथा लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई निरन्तर अघि बढाएको बताएका छन्।

बस्नेतले भूमिगत कार्यकर्तादेखि नेपालको कार्यकारी प्रमुखसम्म पुगेको ओलीको यात्रालाई धैर्य, त्याग, साहस र अटल विश्वासको प्रेरणादायी उदाहरणका रूपमा चित्रण गरेका छन्।

उनले राष्ट्रिय स्वाभिमान, पूर्वाधार विकास, सामाजिक सुरक्षा, सुशासन र समृद्ध नेपालको परिकल्पनालाई कार्यान्वयन गर्न ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

उनले असार ११ लाई ओलीको रिहाइको दिन मात्र नभई ‘संघर्ष कहिल्यै व्यर्थ हुँदैन’ भन्ने सन्देश दिने ऐतिहासिक दिनका रूपमा उल्लेख गर्दै संघर्षबाट नेतृत्वसम्मको ओलीको यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १३ असार २०८३ १२:३६ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast