कांग्रेस एकताका लागि जे पनि त्याग्न र लिन तयार छु : शशांक कोइराला

हिमाल प्रेस १५ असार २०८३ १९:०२ | Monday, June 29, 2026
14
SHARES
कांग्रेस एकताका लागि जे पनि त्याग्न र लिन तयार छु : शशांक कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउन जस्तोसुकै जिम्मेवारी लिन तयार रहेको बताएका छन्।

सोमबार धान दिवस तथा असार १५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले कांग्रेस एकताबद्ध बनाएर लग्नुपर्नेमा जोड दिए। कांग्रेसलाई एकताबद्ध बनाउका लागि आफू जस्तोसुकै जिम्मेवारी लिन तयार रहेको बताए।

‘म सधैं सिंगो कांग्रेसको पक्षमा छु, कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु,’ कोइरालाले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प छैन।’

डा. कोइरालाले असार १५ को अवसरमा काठमाडौँको महाराजगञ्जस्थित निवासमा भेटघाट कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता सहभागी थिए। डा. कोइरालाले नेता तथा कार्यकर्तालाई दही-चिउरा खुवाएका थिए।

प्रकाशित: १५ असार २०८३ १९:०२ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast