शशांकले निवासमै पुगेर भेटे पूर्णबहादुर खड्का, कांग्रेस इतरको भेलामा आउन दिए निम्तो

हिमाल प्रेस २७ साउन २०८३ १२:०६ | Wednesday, August 12, 2026
22
SHARES
शशांकले निवासमै पुगेर भेटे पूर्णबहादुर खड्का, कांग्रेस इतरको भेलामा आउन दिए निम्तो

काठमाडौँ- नेपाली कांग्रेस नेता एवं इतरपक्षका भेला संयोजक डा. शशांक कोइरालाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई भेलामा निम्तो दिएका छन्। कोइरालाले आज बिहान खड्का निवास गल्फुटारमा पुगेर खड्कासँग भेट गरेका हुन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेलामा सहभागी हुन खड्काले पनि सकारात्मक जबाफ दिएका छन्।

खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए । कांग्रेसको इतरपक्षले आगामी शुक्रबार काठमाडौंको सुकेधारामा भेला गर्दैछ। कांग्रेसका सभापति गगन थापालाई विभिन्न आरोप लगाउँदै इतरपक्ष असन्तुष्ट छ। जसका कारण उनीहरू भेलामार्फत नयाँ ढंगले जाने बताइरहेका छन्।

प्रकाशित: २७ साउन २०८३ १२:०६ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast