सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

हिमाल प्रेस १७ कार्तिक २०८३ ११:२२ | Tuesday, November 3, 2026
6
SHARES
सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

काठमाडौँ- सोलुखुम्बुको फेरिचे हेलिप्याडमा आज बिहान दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृत्यु हुनेमा ४७ वर्षीय भारतीय नागरिक बसन्तकुमार बालारामाडु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार दुर्घटनामा परी अर्का एक यात्रु घाइते भएका छन्। घाइते हुनेमा शैलेस किसन पट्टेल रहेका छन्। उनी भारतीय मूलका नागरिक भए पनि उनको साथबाट न्युजिल्यान्डको राहदानी (पासपोर्ट) फेला परेको प्रहरीले जनाएको छ।

फेरिचेस्थित हेलिप्याडमा अवतरण (ल्याण्डिङ) गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरका पंखा एक–आपसमा जुध्न पुग्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परेका दुवै हेलिकोप्टरका पाइलट भने पूर्ण रूपमा सुरक्षित रहेका छन्।

प्रहरीका अनुसार फिस्टेल एयरको हेलिकोप्टरमा पाइलटसहित ३ जना सवार थिए भने डायनेस्टी एयरको हेलिकोप्टरमा पाइलट मात्रै रहेका थिए।

 

प्रकाशित: १७ कार्तिक २०८३ ११:२२ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast