काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

हिमाल प्रेस ३० जेठ २०८३ ११:०६ | Saturday, June 13, 2026
12
SHARES
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायत क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गरेका छन्।

गुहेश्वरी फोहर पानी प्रसोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहर पानी प्रसोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको जनाइएको छ। प्रशोधन केन्द्र सञ्चालनमा आएपछि वाग्मती तथा यसका सहायक नदीमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: ३० जेठ २०८३ ११:०६ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast