राष्ट्रिय किताबखानाले किन माग्यो शिक्षकहरूको विवरण? (पत्रसहित)

हिमाल प्रेस १ जेठ २०८३ १३:३५ | Friday, May 15, 2026
240
SHARES
राष्ट्रिय किताबखानाले किन माग्यो शिक्षकहरूको विवरण? (पत्रसहित)

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले ई-पेन्सन प्रयोजनका लागि स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले जारी गरेको पत्रअनुसार २०२३ साल वैशाख १ गतेदेखि २०२५ असार मसान्तसम्म जन्ममिति भएका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गर्नुपर्ने भएकाले आवश्यक कागजात संकलन गर्न लागिएको हो।

किताबखानाले सम्बन्धित शिक्षकहरूलाई आवश्यक कागजातको प्रतिलिपि स्वयं प्रमाणित गरी जेठ ३० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउन आग्रह गरेको छ। एकाइहरूले ती विवरण नामावलीसहित असार १५ गतेभित्र राष्ट्रिय किताबखानामा अनिवार्य रूपमा पठाइसक्नुपर्ने उल्लेख गरिएको छ।

पत्रमा माथिल्लो तहमा स्थायी नियुक्ति भएका शिक्षकको नियुक्तिपत्र तथा हाजिरी पत्र, सरुवा भएका शिक्षकको सरुवा तथा रमाना पत्र, बढुवा पत्र, विभिन्न विदा स्वीकृतिका कागजात, विभागीय सजायसम्बन्धी पत्र लगायतका विवरण माग गरिएको छ।

त्यस्तै, सिटरोल, शैक्षिक योग्यता र नागरिकता प्रमाणपत्रमा जन्ममिति फरक परेको अवस्थामा एसएलसीको मूल प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्र समेत पेस गर्न भनिएको छ।

प्रकाशित: १ जेठ २०८३ १३:३५ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast