प्रधानमन्त्रीलाई उत्तरदायी बनाउन पर्चासहित विरोध गर्‍यौँ : राई

हिमाल प्रेस ४ जेठ २०८३ १६:५२ | Monday, May 18, 2026
प्रधानमन्त्रीलाई उत्तरदायी बनाउन पर्चासहित विरोध गर्‍यौँ : राई

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन्।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन्।

प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेतिथीहरु मौलाउँदै जाने उनले बताए। संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानुन बनाउने मान्छेलाई कानुन नसिकाउन सुझाव दिए।

उनले संसदभित्रै जस्तोसुकै स्वरुपमा विरोध गर्न सक्ने गरी आगामी दिनमा कानुन बनाउने समेत उल्लेख गरे। प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानुनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलंघन गरेको उनको भनाइ छ।

प्रकाशित: ४ जेठ २०८३ १६:५२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast