एमालेको सचिवालय बैठक बस्दै, आज ओलीले जबाफ दिने

हिमाल प्रेस १० जेठ २०८३ ७:१५ | Sunday, May 24, 2026
8
SHARES
एमालेको सचिवालय बैठक बस्दै, आज ओलीले जबाफ दिने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।

शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

 

प्रकाशित: १० जेठ २०८३ ७:१५ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast