आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालसँग यूएई पराजित

हिमाल प्रेस १८ वैशाख २०८३ १८:५६ | Friday, May 1, 2026
16
SHARES
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालसँग यूएई पराजित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले यूएईलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो।

२५५ रनको लक्ष्य पछ्याएको यूएईले २४८ रनमात्रै बनाउनसक्यो। वर्षाका कारण खेल अवरूद्ध भएर पुन सुरू भएको खेलमा ‘डकवर्थ लुइस’ नियमअनुसार यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। तर, ८ विकेट गुमाएको यूएईले २४८ रनमात्रै बनायो।

अन्तिम ओभरसम्म पुगेको खेलमा नन्दन यादवको सुझबुझपूर्ण बलिङले नेपाललाई जित हासिल गर्न सहयोग पु¥यायो। अन्तिम ओभरमा १५ रनको आवश्यकता रहेकोमा नन्दनले ७ रनमात्रै खर्चिर टिमलाई जित दिलाए।

यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ६५ रन बनाए। त्यस्तै खुजैमा तनवीर ४९, आकाशदीप नाथ ३६, हरप्रित सिंह ४१ र अर्यांश शर्मा ३३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको सतकीय इनिङको मद्तले ५० ओभरमा २८९ रनको योगफल तयार पारेको थियो।

ऐरी ९४ बलमा १०० रन बनाएर आउट भए। उनले १३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै विनोद भण्डारीले ५६, कप्तान रोहित पौडेलले ३९, गुलशन झाले ४४ रनको योगदान दिए।

यूएईका लागि जुनैद सिद्दिकी र अजय कुमारले २–२ तथा हैदर अली र तनवीरले १–१ विकेट लिए।

प्रकाशित: १८ वैशाख २०८३ १८:५६ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast