हर्क साम्पाङले आज पनि बहिष्कार गरे सदन

हिमाल प्रेस १३ जेठ २०८३ ११:३४ | Wednesday, May 27, 2026
2
SHARE
हर्क साम्पाङले आज पनि बहिष्कार गरे सदन

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका उनले सभामुख डोलप्रसाद अर्यालको आग्रहलाई बेवास्ता गर्दै बैठकबाट बाहिरिएका हुन्।

बैठकको सुरुमै उनले पहिलेझैँ प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसदमा नआएको भन्दै विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन ‘रुलिङ’ गर्न सभामुख अर्याललाई आग्रह गरे। तर अर्यालले ‘कुन विषयमा रुलिङ गर्ने कुन विषयमा नगर्ने अधिकार आफूसँग रहेको’ जवाफ दिए। यसपछि साम्पाङ संसदबाट बाहिरिए।

 

प्रकाशित: १३ जेठ २०८३ ११:३४ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast