बालबालिकालाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

हिमाल प्रेस २४ वैशाख २०८३ ८:११ | Thursday, May 7, 2026
12
SHARES
बालबालिकालाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

काठमाडौँ- सरकारले बालबालिकालाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीको प्रदर्शनमा बालबालिका प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको हो।

‘बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ उपदफा २ को खण्ड छ मा बालबालिकाहरूलाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गरेमा बालबालिका विरूद्धको कसूर गरेको मानिने व्यवस्था छ,’ सूचनामा भनिएको छ।

सूचनामा अगाडि भनिएको छ, ‘उक्त व्यवस्था विपरित हाल बाँके जिल्लाको कोहलपुरमा सुकुम्बासीको नाममा बालबालिकाहरूलाई जुलुसमा प्रयोग गरिएको विषय सामाजिक सञ्जालमा देखिएकोले कानून विपरितका त्यस्ता गतिविधिहरू रोकथाम एवं प्रचलित कानून बमोजिम आवश्यक कारवाहीका लागि सबै जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार गरिदिनुहुन अनुरोध छ।’

प्रकाशित: २४ वैशाख २०८३ ८:११ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast